फुटबल प्रशिक्षक भिन्सेन्जो भन्छन् -अब नयाँ रणनीति निर्माणमा लाग्नुपर्छ



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले आफ्नो नेतृत्वमा नेपाली टीमले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली टीममा निकै सम्भावना रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।

नेपाली खेलाडीहरूका लागि अनुभव लिनु ठूलो चुनौती रहेको र अब नयाँ खेलाडी र नयाँ रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाली फुटबललाई सफल बनाउनका लागि खेलाडी नै मेहनत गर्नुपर्ने उनको भनाइ थियो । उनले आफ्नो एक वर्षमा जित नै मुख्य लक्ष्य भएको बताए । उनले आफूले नेपाली फुटबललाई २–३ वर्षबाट पछ्याएका कारण पनि निकै सम्भावना देखेको बताए ।

भिन्सेन्जोको नेतृत्वमा नेपालले प्रधानमन्त्री कप, थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ । एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जोलाई एक वर्षको लागि नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ