काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले विश्व कीर्तिमान नजिक छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा अफगानिस्तानका बलर राशिद खानको सबैभन्दा छिटो एक सय विकेटको विश्व कीर्तिमान तोड्ने तरखरमा छन् सन्दीप । सन्दीपले ४० खेलबाट ९८ विकेट लिएका छन् ।
सोमबार पपुवा न्युगिनीविरुद्धको खेलमा सन्दीपले एक्लै ५ विकेट लिएका छन् । खेलपछि सन्दीले टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने बताए । सोमबार साँझ सामाजिक संजालमार्फत सन्दीपले घरेलु मैदानमा प्लेयर अफ द म्याद घोषित हुनु सौभाग्यको कुरा भएको बताएका छन् ।
उनले भनेका छन्, ‘घरेलु मैदानमा प्लेयर अफ द म्याच घोषित हुनु सौभाग्यको कुरा हो । मेरो टोली र शुभचिन्तकहरूको साथ बिना मैले यो हासिल गर्न सक्दिन । तपाईंको मायाले मलाई उत्प्रेरित गर्छ । तपाईंले म मा राखेको विश्वासबाट म नम्र छु र तपाईंले हरेक खेलमा ल्याउने जोशबाट प्रेरित छु ।’
अब सन्दीपले दुई विकेट लिए ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने राशिद खानको विश्व कीर्तिमान बराबरी गर्नेछन् । त्यस्तै, तीन विकेट लिए उनले राशिदको त्यो दुर्लभ विश्व कीर्तिमान भंग गर्दै आफ्नो नाममा राख्नेछन् ।

प्रतिक्रिया