ए डिभिजन लिगमा खुमलटारको जित



काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले दोश्रो जित निकालेको छ ।

सोमबार ललितपुरको च्यासल मैदानमा हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटारले दोस्रो जित निकालेको हो । खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले एक एक गोल गरे ।

हिमालयनका विश्वास श्रेष्ठले एक गोल फर्काए । खेलको २१ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा समिरले गोल गर्दा खुमलटार २–० ले अघि रह्यो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा हिमालयनका विश्वासले गोल गरेपनि खुमलटार २–१ ले विजयी भयो । जितसंगै खुमलटारले ४ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ४ खेलमा ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ