ए डिभिजन लिगमा आर्मी र एनआरटी बराबरीमा



काठमाडौं । ए डिभिजन लिगमा विभागिय क्लव त्रिभुवन आर्मी न्युरोड टिम (एनआरटी)सँग बराबरीमा रोकिएको छ । आइतबार च्यास मैदानमा भएको तेस्रो चरणको खेलमा आर्मीले एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एनआरटीका लागि दुई गोल लालुनजामा र एक गोल ऐन्सेन्ट बौमीले गर्दा आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेम्जङले एक एक गोल गरेका थिए । खेलको १४ औं मिनेटमा आर्मीले सुरुवाती अग्रता बनाएको थियो ।

आर्मीले पाएको पेनाल्टीमा नवयुगले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रतालाई आर्मीले दोस्रो हाफमा कायम राख्न सकेन । दोस्रो हाफमा आर्मीले तीन गोल खान पुग्यो भने दुई गोल गर्न सफल भयो ।

एनआरटीले ५१ औं मिनेटमा बराबरी गोल गरेको थियो । लालुनजामाले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए ।

त्यसपछि खेलको ५६ औं मिनेटमा एनआरटीले पेनाल्टी पाएको थियो । आर्मीका विकास खवासले एनआरटीका क्रितिश रत्न चुग्गुलाई डिबक्समा फल गरेपछि पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीमा एनआरटीका एन्सेन्ट बौमीले गोल गर्दै एनआरटीलाई एक गोलको अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा एनआरटीले पुन अर्को गोल गर्न सफल भयो ।

एनआरटीका लालुनजामाले दोस्रो गोल गर्दै एनआरटीलाई आर्मीमाथि दुई गोलको अग्रता बनाएको थियो । खेलको ६६ औं मिनेटमा सब्चिच्युटको रुपमा मैदान प्रवेश गरेको केही समयमा नै आर्मीका लागि गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।

आर्मीले खेलको ८५ औं मिनेटमा बराबरी गोल गरेको छ । आर्मीका लागि फ्रिकिकमा दिनेश हेम्जङले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ