युएईलाई पराजित गर्दै नेपालको एकदिवसीय मान्यता कायम



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए ।

यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २÷२ विकेट लिए । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथौ स्थानमा उक्लिएको छ ।

एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगको हारसँगै यूएईको एकदिवसीय मान्यता खतरामा परेको छ । अब नेपालले लिग–२ को अन्तिम शृङ्खलाको बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले सोमबार पीएनजीसँग र बिहीबार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड

पार्टी कार्यालयमा बाढी पसेपछि होटलमा एमालेको सचिवालय बैठक

  काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक राजधानीको एक होटलमा सुरु भएको छ

ललितपुरमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

  पाटन  । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

कमलामाई (सिन्धुली) । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको