एसिया लायन्ससँग इन्डिया महाराजाज ९ रनले पराजित



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्समा जित हात पारेको छ ।

कतारको दोहामा गएराति भएको पहिलो खेलामा एसियाले इन्डिया महाराजाजलाई ९ रनले पराजित गरेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको इन्डियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रनमात्र जोड्न सक्यो ।

इन्डियाका लागि कप्तान गौतम गम्भिरले सर्वाधिक ५४ रन तथा मुरली विजयले २५ रन जोडे । एसियाका लागि सोहेल तनविरले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । मिसबाह(उल(हकले ७३ रन तथा उपुल थरंगाले ४० रनको योगदान गरे । पारस खड्का ३ रनमा अविजित रहे । इन्डियाका लागि स्टुआर्ट बिन्नी र परभिन्दर अवानाले समान २/२ विकेट हात पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ