चैत ४ गतेदेखि तिलोत्तमा फुटबल प्रतियोगिता



बुटवल । बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमबीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्डकपमा हालसम्मकै सर्वाधिक ११ लाख ११ हजार एक सय ११ सहित कप, मेडल र प्रमाणपत्र र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ नगद राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद राशि प्राप्त गर्नेछ भने उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार राशि प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्याद अफ दी म्याचले ११ हजार एक सय ११ नगद राशि प्राप्त गर्ने रुपन्देही जिल्ला फुटबल सङ्घका अध्यक्ष लोक पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताको यस संस्करणमा करेन्ट रुपन्देही–११ सहित मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम–११ गरी आठ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घका महासचिव हिमाल गौचनले जानकारी दिए । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता संस्करण विसं २०७५ मा सम्पन्न भएको थियो ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाल फुटबल सङ्घका अध्यक्ष दीर्घबहादुर केसीले तिलोत्तमा गोल्डकप आयोजनाले खेलाडी तथा यस क्षेत्रमा लाग्ने प्रतिभालाई अवसर प्रदान गर्ने बताए । यस क्षेत्रकै पुरानो प्रतियोगिताका रूपमा रहेको तिलोत्तमा गोल्डकप तत्कालीन बुटवल नगरपञ्चायतले विसं २०३१ मा स्थापना गरी विसं २०३३ देखि प्रतियोगिता सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा