चेल्सीसँग लिड्स युनाइटेड पराजित



काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लिड्स युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । उसका लागि वेस्ली फोफानाले खेलको ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै चेल्सी २५ खेलमा ३४ अङ्ककासाथ अङ्क तालिकाको दशौँ स्थानमा छ ।

अर्को खेलमा उल्भ्सले टोटनह्यामलाई १–० गोलले हराएको छ । त्यस्तै ब्राइटनले वेस्टह्यामलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई तथा साउथह्याम्पटनले लेस्टर सिटीलाई १–० गोलले हरायो । हिजो भएको पहिलो खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई २–० गोलले हराएको थियो । सिटी २६ खेलमा ५८ अङ्ककासाथ दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा