एपीएफ र चर्च ब्वाइजको विजयी शुरुवात



काठमाडौं । विभागीय टोली एपीएफ क्लव शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी भएको छ । शसनबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लवलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद शुरुवात गरेको हो ।

एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक÷एक गोल गरे । खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ ।

त्यस्तै आज नै च्यासल रंगशालामा भएको खेलमा नवप्रवेशी क्लव चर्च ब्वाइज युनाईटेडले विजयी शुरुवात गरेको छ । च्यासल मैदानमा शनिवार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक÷एक गोल गरे । पुलिसका रवि पासवानले एक गोल फर्काए ।

खेलको १४ औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्चलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए । जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ ।

अहिले दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र हिमालयन शेर्पाबीच खेल भइरहेको छ । पहिलो हाफ सकिँदा मनाङले १—० ले अग्रता बनाएको छ । खेलको १५ औं मिनेटमा हिमालयन शेर्पाका सञ्जित राईले आत्मघाती गोल गर्दा मनाङले अग्रता लिन सफल भएको हो । अहिले दोस्रो हाफको खेल जारी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा