युएईमाथि जित निकाल्दै नेपाल यु–१९ विश्वकपमा छनोट



काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले घरेलु टोली युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई ७ रनले हराएको हो । यो जितसँगै नेपाल यु १९ विश्वकपमा छनोट भएको छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेको हो । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहको विश्व कप खेलेको थियो ।

नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ‘ह्याट्रिक’ सहित ५ विकेट लिए ।

यसअघि आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए ।

यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो । यु-१९ विश्वकप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि

काठमाडौँद्वारा बुटवल पराजित

  कैलाली । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाः नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको

च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर । ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा