युएईलाई नेपालले दियो १९२ रनको लक्ष्य



काठमाडौं । आईसीसी यु १९ विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली युएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । आजमानमा रहेको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए ।

यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ युएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २÷२ विकेट लिए । नेपाल केहीबेरमा बलिङ गर्नेछ ।

नेपालले सुरुवाती सबै चार खेल जितेको छ । यूएई पनि चार खेलमा अपराजित टोली हो । चार खेलमा समान ८ अङ्क रहेकाले आजको खेल विश्व कप पुग्न निर्णायक हुनेछ ।

सन् २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल यूएईसँग एक रनले डकवर्थ लुइस पद्धतिको आधारमा पराजित हुँदै दुई वटा विश्व कप खेल्न पाएको थिएन । नेपाल र यूएईबीचको विजेता टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा