एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका चार विधाका मनोनयन सार्वजनिक



काठमाडौं । खेल क्षेत्रबाट अतुलनिय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी प्रशिक्षक एवम् खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्डअन्र्गत विभिन्न चार विधाको मनोनयन मंगलबार सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने उक्त अवार्डअन्तर्गत वर्षको सर्वक्षेष्ठ पुरुष खेलाडी, वर्षको सर्वश्रेष्ठ महिला खेलाडी, वर्षकोे सर्वश्रेष्ठ युवा खेलाडी र वर्षको सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो ।

वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी, फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेको मञ्चद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी महिलातर्फ क्रिकेटकी सीता रानामगर र रुविना क्षेत्री, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल र एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयनमा परेका छन् ।

युवा खेलाडीको मनोनयनमा फुटबलका मनिष डाँगी र प्रिति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रसिला महर्जन छन् ।

प्रशिक्षकतर्फ फुटबलका अब्दुल्ला अल्मुताइरी, क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीस भट्ट मनोनयनमा परेका छन् । यही फागुन २३ गते हुने १९औँ संस्करणको उक्त अवार्डमा विभिन्न नौ विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिनेछ ।

पल्सर स्पोर्टस अवार्डअन्र्गत लाइफटाइम एचिभमेन्ट , पारा एथलिट, स्पेशल र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड भने कार्यक्रमकै दिन घोषणा गरिने आयोजक मञ्चका कार्यबाहक अध्यक्ष नीराजन अधिकारीले जानकारी दिए।

अवार्डमा वर्ष पुरुष, महिला, पिपल्स च्वाइस, युवा र वर्ष प्रशिक्षकको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधा विजेता खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि

काठमाडौँद्वारा बुटवल पराजित

  कैलाली । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाः नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको

च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर । ललितपुर महानगरपालिका-९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा