आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि



महेन्द्रनगर । कैलालीको धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ ।

धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले एक लाख २१ हजार नगद, ट्रफीसहित उपाधि जितेको हो ।

प्रतियोगितामा लाफा समूहको न्यौपाने र भौदारको टिम उपविजेता बन्दै ७१ हजार नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ ।

खुलातर्फ पोखराका विशाल बस्नेत र प्रविन सिंह एवं काठमाडौँका दीपक राना र राम मल्ल ठकुरीको जोडीले तृतीय स्थान हासिल गरेको छ । उक्त तृतीय स्थान हासिल गर्ने टोली ५१ हजार नगदरसहित पुरस्कृत भएको आयोजक प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष राजेन्द्र बमले जानकारी दिए ।

त्यसैगरी ४५ वर्ष उमेर समूहमाथिको भेट्रान ब्याडमिन्टन प्रतियोगितामा नेपालगञ्जका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडीले जितेको छ । प्रतियोगिताको फाइनलमा बर्दघाटका बेल छन्त्याल र कर्ण विकको टिमलाई पारजित गर्दै श्रेष्ठको जोडी उपाधि विजेता बनेको हो ।

उक्त संस्करणको विजेता श्रेष्ठको टिमले ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र र उपविजेता छन्त्यालको टिमले ३१ हजार नगद प्राप्त गरेको छ भने भेट्रानतर्फ धनगढीका शैलेन्द्र श्रेष्ठ÷वीरेन्द्र विष्ट र केशव भट्ट र भोजराज भट्टले तृतीय स्थान हासिल गर्दै २१ हजार नगदसहित पु्रस्कृत भएका छन् ।

त्यसैगरी प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय ‘बी’ लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका गणेश मिश्रा र सिछराज ओझाको जोडीले जित्दै ३१ हजार नगदसहित पुरस्कृत भएको छ ।

प्रतियोगितामा ‘बी लेवल’तर्फ कपिल बम र कमाण्डौ कठरियाको जोडी उपविजेता बन्नुका साथै केशव भट्ट/भोजराज भट्ट र नरेन्द्र चन्द र गणेश कठायतले तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

उपविजेता टिमले २१ हजार र तृतीय स्थान हासिल गर्ने टिमले ११ हजार नगद, ट्रफीसहित पुरस्कृत भएका छन् ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल एक सय टिमको सहभागिता रहेको प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष बमले जानकारी दिए ।

धनगढीका प्रतिष्ठत व्यवसायी एवं ब्याडमिन्टनका अग्रज खेलाडी चेतराज जोशीले आफ्ना स्व बुवा धर्म र आमा पशुपतिको स्मृतिमा खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि

मच्छिन्द्र आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

  कास्की । मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि

काठमाडौँद्वारा बुटवल पराजित

  कैलाली । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो