बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान बाहिरियो



धरान । धरानमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रित २३औँ संस्करणको बुढासुब्बा गोल्डकपको उद्घाटन खेलमै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।

खेलमा पाहुना टोली युकेएफसी भारतसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित हुँदै धरान फुटबल क्लब प्रतियोगिताबाटै बाहिरिएको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीको गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । धरानले दुई सुट ‘मिस’ गर्दा खेलबाट बाहिरिएको हो ।

युकेएफसी भारतका सिध्वनी क्षेत्री, सुप्रियो सुरेन, साइल राई, आकाश प्रधान र राज राउतले पेनाल्टी सुट गरेका थिए । धरानका दोर्जे शेर्पा, मदन राई र रोहन मास्कले गोल गरे । एक्काइसौँ संस्करणमा फाइलनमा पुगेको आयोजक टोलीले हालसम्म प्रतियोगिता जित्न सकेको छैन ।

आइतबारको दोस्रो क्वार्टरफाइनल खेल बागमती युवा क्लब सर्लाही र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकका प्रमुख हर्क साङपाङ राईले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर । पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल क्लब झापाले जितेको

खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली टोलीलाई रास्वपाको सम्मान

काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली पुरुष

यु-१९ महिला टी–२० विश्वकपमा नेपाल अस्ट्रेलियासँग पराजित

काठमाडौँ । आइसीसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ

विश्वकप महिला क्रिकेटः नेपाललाई अष्ट्रेलियाले दियो १४० रनको लक्ष्य

  काठमाडौँ । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई जितका लागि