त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा



काठमाडौं । त्रिभुवन आर्मी क्लबले न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै ‘केपी ओली कप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा आर्मीले न्यूरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

खेलको निर्धारित समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । एनआरटीका लागि लाल्मिन्जामाले गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा एनआरटीका भारतीय फरवार्ड लाल्मिन्जामाले उत्कृष्ट गोल गरे ।

त्यसपछि खेलको दोस्रो हाफमा आर्मी आत्मघाती गोलको सहयोगमा खेलमा फर्किएको थियोे । आर्मीका लागि एनआरटि कप्तान विक्रम धिमाललाई लाग्दै गोल भएको थियो । आर्मीले अब फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले पाँच लाख पाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा