झापा गोल्डकपमा एपिएफ सडनडेथमा भाग्यमानी सावित



झापा । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट निर्णय लिइएको हो । सडनडेथमा एपिएफले बङ्गलादेशी टोलीलाई ९–८ ले पराजित गरेको थियो ।

जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ । खेलमा सुरुवाती अग्रता लिएको काउवार्न बजार प्रगति सङ्घका लागि खेलको २१ औँ मिनेटमा साएरले गोल गरेका थिए ।

दोस्रो हाफपछि एपिएफका युवराज खड्काले ७२ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए । आजको खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भएका छन् । उनले २० हजार पुरस्कार पाए ।

भोलिको पहिलो सेमिफाइनल खेल सङ्कटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ । गोल्डकपको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा