सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो ।

सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार रिट दायर गरेका थिए । करणी मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो ।

त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन दिएका थिए । सोमबारदेखि युएईमा हुने त्रिकोणात्मक सिरिज नेपाली टिमले सन्दीपबिनै खेल्नेछ। त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले ४ खेल खेल्नेछ । यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका ४ खेलमा सन्दीप पनि सहभागी थिए। उनी उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शंकर पोखरेलको प्रश्नः ३२ सीट भएको माओवादी सत्तामा हुँदा चाहिँ प्राकृतिक, जनताले रोजेका पार्टीले नेतृत्व गर्दा अप्राकृतिक ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

‘राइट टु प्रोटिन’ हाफ म्याराथनमा सन्तोषी र राजन प्रथम

काठमाडौँ। मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड

हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले