युभेन्टस युरोपा लिगको अन्तिम १६ मा
एन्जल डी मारियाको ह्याट्रिकको मद्दतमा नान्टेजविरुद्ध सहज जित हासिल गर्दै युभेन्टस युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । पहिलो लेग १–१ को बराबरीमा सकिएको खेलको बिहीबार राति भएको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ४–१ को नतिजा निकाल्दै युभेन्टस अन्तिम १६ मा पुगेको हो ।
खेलको पाँचौँ मिनेटमा डी मारियाले १८ यार्ड नजिकबाट गरेको प्रहारले पोस्टको गति लिँदै खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको १७औँ मिनेटमा नान्टेजका डीफेन्डर निकोलस पालोइसले ह्यान्डबल गरेपछि उनलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाइएको थियो ।
उनले बललाई हातले छोएपछि युभेन्टसले पेनाल्टी पाएको थियो। डी मारियाले पेनाल्टी प्रहारलाई सदुपयोग गर्दै टोलीलाई २–० को अग्रता दिलाए।