स्कटल्यान्डले नामिबियालाई हरायो



काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमवार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायो । स्कटल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयो ।

उसका लागि लोहान्ड्रे लरेन्सले ५२ र कप्तान गेरहार्ड इरासमसले ४२ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ४, माइकल लिस्कले ३ र ब्रान्डन म्याकमुलेनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८ ओभर ४ बलमा २ सय २१ रन बनाउँदा अलआउट भयो ।

उसका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस म्याकिनटशले ३४ र कप्तान रिची बेरिङ्टनले ३२ रन बनाए । नामिबियाका रुबेन ट्रमपेलम्यानले ५ विकेट लिए ।

यो जितसँगै स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालमा भइरहेको शृङ्खलामा नामिबिया चार वटै खेलमा पराजित भएको छ ।

योसँगै नामिबियाले शीर्ष तीनमा रहेर विश्व कप छनोट खेल्ने समीकरण कठिन बनेको छ, अब उसले दुई खेलमात्र खेल्न बाँकी छ । अहिले २४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा रहेको नेपालले ९ खेल खेल्न बाँकी हुँदा विश्व कप छनोट खेल्ने सम्भावना बलियो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा