एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा ४० राष्ट्रका खेलाडीले सहभागिता जनाउने



काठमाडौं । एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप यसै महिना नेपालमा आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स एशोसिएशनले आइतबार पत्रकार सम्मेलन गरी १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन २३ गते नेपालमा आयोजना हुने जनाएको हो ।

प्रतियोगितामा नेपालसहित विभिन्न देशका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० खेलाडीले सहभागिता जनाउने संघका अध्यक्ष राजीव विक्रम शाहले जानकारी दिए ।

गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलो मिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलो मिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्ट्सहरुमा प्रतिष्पर्धा हुनेछ ।

यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यसअघि करिव २४ वर्ष अघि सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो । यस प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिनेछ ।

च्याम्पियनसिपको अनुमानित बजेट तीन करोड ६५ लाख ५५ हजार पाँच सय रुपैया रहेको छ । च्याम्पियनसिपका लागि बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ विनियोजन भइसकेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले खेलको विकास मात्र नभई पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने भएकाले प्रदेश खेलकुदले पयर्टकीय खेलकुदमा बढी जोड दिएको सदस्य सचिव भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले