राष्ट्रपति रनिङ शिल्ड रातामाटालाई



बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा दोस्रो भएको निङ्लासैनी मावि देहिमाण्डौँले सात स्पर्ण, पाँच रजत र चार कास्य पदक प्राप्त गर्यो । उसले १५ हजार पुरस्कार पायो ।

तीन स्वर्ण, तीन रजत र दुई कास्यसहित मणिलेक मावि गुरुखोला तेस्रो भयो । गुरुखोलाले १० हजार पुरस्कार प्राप्त गर्यो ।

निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

दशरथचन्दमा पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, प्रदेशसभा सदस्य जानकी ऐर बम, निवर्तमान प्रदेशसभा सदस्य लीलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाइ’, नगर उप्रमुख कौशिला चन्दलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा