नामिबियासँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै



काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल सुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नामिबियाले पहिला ब्याटिङको निम्तो पाएको छ ।

शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अङ्ककासाथ छैटौँ स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राइट टु प्रोटिन’ हाफ म्याराथनमा सन्तोषी र राजन प्रथम

काठमाडौँ। मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड

मच्छिन्द्र क्लब सभापति कप फुटबलको सेमिफाइनलमा

  काठमाडौँ । सभापति कप पुरुष फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले एपिएफ क्लबलाई पराजित

नेपाल कबड्डी लिगमा विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौँ । हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को

यु-१९ महिला टी–२० विश्वकपमा नेपालको जित

काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको