महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हरायो



काठमाडौं । दक्षिण अफ्रिकामा चलिरहेको महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले श्रीलङ्कालाई १० विकेटले हराएको छ । अस्ट्रेलियाको यो लगातार तेस्रो जित हो ।

जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १५ ओभर ५ बलमा कुनै विकेट नगुमाइ भेट्टायो । उसका एलिसा हेली ५४ तथा बेथ मुनी ५६ रनमा अविजित रहे । हेली महिला टी–२० विश्व कपमा ७ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

हेलीले वेस्टइन्डिजकी स्टेफली टेलर र न्युजिल्यान्डकी सुजी बेट्सको समान ६ अर्धशतकको कीर्तिमान तोडेकी हुन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । श्रीलङ्काकी हर्षिता माधवीले सर्वाधिक ३४ रन बनाइन्।

समूह ‘ए’ मा अस्ट्रेलिया ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का ३ खेलमा २ मा जित र १ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले

फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा