स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै



काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिला बलिङ रोजेको छ । स्कटल्यान्डले ब्याटिङ गर्दैछ। आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ ।

ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झाले खेल्नेछन् । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ ।

सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एक दिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । शृङ्खलामा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २÷२ खेल खेल्ने छन् ।

लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्ककासाथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । शृङ्खलामा नेपालले भोलि नामिबियासँग र आउँदो मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर

राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश