सशस्त्र प्रहरीद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान



काठमाडौं । सशस्त्र प्रहरी बलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा बुधबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको ज्ञान, सीप र क्षमताको सङ्गठनले उच्च मूल्याङ्कन गरेको बताए ।

उनले आगामी दिनमा समेत खेलाडीले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कूल दुई सय १९ पदकसहित दोस्रो स्थान हासिल गरेको थियो ।

कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा पाँच सय ४९ जना खेलाडीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा उक्त प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामूहिक खेलतर्फ दुई वा दुईभन्दा बढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले