स्कटल्यान्डसँग नामिबिया १० विकेटले पराजित



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो ।

उसका जर्ज मुन्शेले १ सय ३ र केल कोट्जरले ४६ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । नामिबियाका लोह्यान्ड्रे लरेन्सले ५४ र बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्यान्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

मंगलबार भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । आजको जितसँगै स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नेपालले आगमी शुक्रबार स्कटल्यान्डसँग, शनिबार नामिबियासँग र मङ्गलबार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ