पोखरामा प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता फागुन ५ गतेदेखि हुने



पोखरा । कास्कीको पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रदेशस्तरीय खुला प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा यही फागुन ५ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीको सहभागिता रहने छ ।

प्रदेश खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेश आर्चरी सङ्घको संयोजनमा हुने प्रतियोगितामा ९५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने कास्की जिल्ला आर्चरी सङ्घका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।

यसअघि पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा १३औँ दक्षिण एशियाली खेलकुद (साग)को खेल खेलाइएका थिए । आर्चरी सङ्घले यहाँ वर्षेनी राष्ट्रियस्तरको प्रतियोगिता गर्दै आएको छ ।

प्रदेशस्तरीय खुला प्रतियोगितामा ‘रिकर्ब ओपन’ ७० मिटर र ‘स्टाण्डर्ट’ ३० मिटरको दूरीमा खेलाइने छ । प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तृतीयलाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी रिकर्ब ओपन महिलातर्फका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीय हुनेलाई पाँच हजार, स्टाण्डर्ट पुरुषतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तृतीय हुनेलाई १० हजार तथा ६० वर्ष उमेर माथिका खेलाडी (भेट्रान्स) को प्रतिस्पर्धामा प्रथम हुनेलाई रु आठ हजार, द्वितीयलाई पाँच हजार र तृतीयलाई तीन हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य आर्थिक सहयोगी नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक र पोखरा महानगरपालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर

राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश