एकदिवसीयमा रोहितको एक हजार रन पूरा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले एक हजार रन पूरा गरेका हुन् ।

योसँगै उनी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । ३३ खेलमा एक हजार रन पूरा गर्दा रोहितले एक शतकसहित छ वटा अर्धशतक बनाएका छन् । एकदिवसीयमा उनको व्यक्तिगत उच्च स्कोर एक सय २६ रन हो । एकदिवसीयमा उनको औसत ३५ भन्दा धेरै छ ।

एकदिवसीयमा रोहितपछि ज्ञानेन्द्र मल्लले २७ खेलमा २८ को औसतमा छ वटा अर्धशतकसहित सात सय ३४ रन बनाएका छन् । यस्तै आसिफ शेखले २४ खेलमा २८ को औसतमा पाँच वटा अर्धशतकसहित छ सय ५५ रन बनाएका छन् । अहिले नेपालले नामिबियाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ । क्रिजमा रोहित र कुशल भुर्तेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजन र सुमित्रा वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पहिलो

काठमाडौँ । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर