नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य



काठमाडौं । नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका लिगेनले शतक बनाएका हुन् । त्यससँगै टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनायो ।

लिगेनले १३७ बलमा नौ चौका र पाँच छक्कासहित १३३ रन बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक प्रहार गरेका लिगेनको यो नै अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर पनि हो । कप्तान जेरार्ड इरास्मसले ५६ रन बनाए ।

लिगेनले तेस्रो विकेटका लागि कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । यसबाहेक, जन ग्रीनले ३४, कार्ल बिर्केनस्टोक र जान फ्राइलिंकले समान १३ रन जोड्दा रुबेन ट्रम्पेलम्यानले ११ रन थपे ।

नेपालका करण केसीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ६१ रन खर्चिए ।

६ महिनापछि राष्ट्रिय टिममा ‘कमब्याक’ गरेका सन्दीप लामिछानेले तीन विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले समान एक विकेट लिए । शृंखलामा नेपाल, नामिबिया र स्कटल्यान्ड सहभागी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले