तादी अध्यक्ष कप भलिबलको उपाधि म्यागङलाई



त्रिशूली । ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनलमा २–१ को सोझो सेटमा आयोजक तादीलाई म्यागङ गाउँपालिकाले हराएको हो ।

प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो भएको छ । प्रतियोगितामा प्रथम भएको म्यागङले एक लाख ५० हजार, दोस्रो भएको तादीले एक लाख र तेस्रो भएको पञ्चकन्याले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि पूर्वखेलकुदमन्त्री तथा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले प्रदान गरे ।

उनले प्रतियोगिता सञ्चालन गरिएको अमरज्योति माध्यमिक विद्यालय खरानीटारको खेलमैदानलाई क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाए ।

खेलमार्फत् विकास, अनुशासन र गतिशीलता दिन सुरु भएको भलिबल प्रतियोगिताको आगामी वर्षहरूमा थप निरन्तरता दिँदै महिला र पुरुष दुवैको सहभागिता गराउने आयोजक तादी गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले बताए ।

यही माघ १८ देखि सुरु भएको प्रतियोगितामा जिल्लाको १२ पालिकाबाट १३ समूहको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ए बीचको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको

सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपः एमेच्योर सद्भाव शीर्षस्थानमा, भुवन एक स्ट्रोकले पछाडि

काठमाडौं । एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताः भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका