त्रिभुवन आर्मीलाई पराजित गर्दै न्यु डायमन्डको विजयी सुरुवात



काठमाडौं । होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ मा विजयी सुरुवात गरेको छ । शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जित निकालेको हो ।

डायमन्डले आर्मीमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । पहिलो सेटको सुरुवातमा ४–० को अग्रता लिदै केही आशा देखाएको सेना त्यसलाई निरन्तरता दिन नसक्दा २५–२० ले डायमन्डलाई खेल सुम्पन पुग्यो । दोश्रो र तेश्रो सेटमा सेनालाई डायमन्डले खेलमा फर्कने अवसरनै दिएन ।

डायमन्डकी रिमा कुँवर प्लेयर अफ दी म्याच घोषित भईन् । उनलाई नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नगद १० हजार सहित ट्रफी प्रदान गरे ।

दोश्रो खेलमा साविक विजेता एपिएफ क्लबले जित निकाल्यो । एपिएफले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई सहज ३–० ले पराजित गर्दै तीन अंक बटुलेको छ ।

एपिएफले पुलिसलाई २५–२०, २५–२१, २५–२१ ले पराजित गरेको हो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भईन् । चौधरीले नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् । प्रतियोगितामा तीन विभागिय टोलीसहित न्यु डायमन्डको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त