पाँचौँ सम्झना कप टेबलटेनिसमा नवीता र रविना फाइनलमा



काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नवीता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिङ्गल्समा फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा नवीताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् ।

रविनाले प्रहरीकी एलिना महर्जनलाई ११–८, ११–५, ९–११, ११–६ र ११–९ को सेटमा हराइन् । सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष सिङ्गल्समा प्रहरीका विनेश खनियाँ र ग्लोबल टेबलटेनिस एकेडेमी भारतका सन्तोषकुमारले उपाधि भिडन्त पक्का गरे ।

विनेशले ग्लोबलका भ्रिसन बभनकालाई ११–५, ११–५, ११–९ र ११–८ तथा सन्तोषले वाइल्ड कार्ड पाएका भारतका प्रशन्न कुमारलाई १०–१२, ११–७, ११–६, १५–१३ र ११–९ को सेटमा पाखा लगाए ।

भेट्रान ४० वर्षमाथि पुरुष सिङ्गल्समा गोल्खपाखा समाज सेवाका चन्दन शाहीले स्वर्ण जिते । चन्दनले पूर्वराष्ट्रिय च्याम्पियन न्यातपोलो कर्नर टिमका शिवसुन्दर गोथेलाई १०–१२, ११–६, ५–११, ११–९ र ११–५ ले पन्छाए । प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष/महिला सिङ्गल्सको फाइनल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित

प्रधानमन्त्री ’थ्री नेशन्स’ कपमा तीन राष्ट्रको सहभागिता रहने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप

कुशल मल्ल ५० हजार नगदसहित सम्मानित

बुटवल । बुटवल उपमहानगरपालिकाले क्रिकेटर कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल ११

फ्रेन्च लिगमा पिएसजीको चौथो हार

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार