खेल पूर्वाधारमा सबै तहका सरकारलाई लगानी वृद्धि गर्न उपराष्ट्रपतिको सुझाव



बनेपा । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै तहका सरकारलाई खेलकुद क्षेत्र प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समितिद्वारा काभ्रेपलाञ्चोकको पनौतीस्थित क्षेत्रीय रङ्गशालामा आयोजित बृहत् खेलकुद महोत्सवको शुक्रबार उद्घाटन गर्दै यस्तो सुझाव दिएका हुन् ।

“खेलकुद विकासको पहिलो शर्त नै पूर्वाधार विकास हो, पूर्वाधार विकासमा भने राज्यको लगानी अपेक्षित वृद्धि हुन सकेको छैन”, उनले भने, “त्यसैले सबै तहका सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र पार्नुहोला ।” उनले विभिन्न क्षेत्रमा महोत्सवअघि निर्माण गरिएका खेलकुद पूर्वाधार अझै अलपत्र रहेको उल्लेख गर्दै खेल पूर्वाधारमा सबै तहका सरकारले लगानी वृद्धि गर्नैपर्ने बताए ।

उपराष्ट्रपति पुनले विभिन्न विधाका खेलाडीले पूर्वाधार अभावका कारण कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहिरहेको गुनासो गरे । “सीमित स्रोत र साधनका बावजुद हाम्रा खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता भने प्रशंसनीय नै रहेको छ”, उनले भने । खेलकुदको विकासका लागि खेलाडीको सुविधा वृद्धि गरिनुपर्ने उनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले राष्ट्रिय खेलाडीनै रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता कम गर्न तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न राज्यको तर्फबाट उचित सुविधा र सम्मान गरिनुपर्ने बताए । उनले भने, “खेलको माध्यमबाट समाजमा शान्ति कायम गर्दै राष्ट्रको प्रगति तथा अन्तर्राष्ट्रिय जगतसम्म देशको चिनारी उँचो बनाउन खेलकुदको बृहत् विकास हुनैपर्छ, यसप्रति सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ यू–१७ महिला च्याम्पियनशिप नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित

प्रधानमन्त्री ’थ्री नेशन्स’ कपमा तीन राष्ट्रको सहभागिता रहने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप

कुशल मल्ल ५० हजार नगदसहित सम्मानित

बुटवल । बुटवल उपमहानगरपालिकाले क्रिकेटर कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल ११

फ्रेन्च लिगमा पिएसजीको चौथो हार

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार