कपुरलाई पाँचौं सम्झना कपको स्वर्ण



काठमाडौं । एनसिसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिङ्गल्समा आज स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गरे ।

टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए । विभिन्न सात स्पर्धा समावेश प्रतियोगितामा चार स्वर्णको छिनोफानो भइसकेको छ ।

यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोबल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लब तथा भेट्रान ४० वर्षमाथि महिला सिङ्गल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबका इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष–महिला सिङ्गल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिङ्गल्सको फाइनल हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित

प्रधानमन्त्री ’थ्री नेशन्स’ कपमा तीन राष्ट्रको सहभागिता रहने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेशन कप

कुशल मल्ल ५० हजार नगदसहित सम्मानित

बुटवल । बुटवल उपमहानगरपालिकाले क्रिकेटर कुशल मल्ललाई सम्मान गरेको छ । बुटवल ११

फ्रेन्च लिगमा पिएसजीको चौथो हार

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार