लामाको नेतृत्वमा कराते महासङ्घको तदर्थ समिति गठन



काठमाडौं । करातेका संस्थापकमध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिवसमेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको हो । अघिल्लो तदर्थ समितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका दावा गुरुङ सहअध्यक्ष बने । उपाध्यक्ष्मा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा र विआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ छन् ।

त्यस्तै सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागोतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई छन् । उनीहरूलाई राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले आजै मनोनयनपत्र हस्तान्तरण गरे । अब महासङ्घले तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारणसभा तथा निर्वाचन गर्नुपर्नेछ ।

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई विसं २०७५ फागुन १४ गते तीन महिनाभित्र महासङ्घको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकामा जिम्मेवारी प्रदान गरिएको चार वर्षसम्म उक्त समितिले महासङ्घको विधान संशोधन तथा निर्वाचन गरेको थिएन । कार्यक्रममा सदस्यसचिव घिसिङले ऐतिहासिक आवश्यकताका हिसाबले लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताए । अध्यक्ष लामाले संस्था र खेलाडीको हितलाई ध्यानमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले परिषद्ले दिएको तीन महिनाभन्दा धेरै अगाडि निर्विवादरूपमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले