सहारा क्लवलाई नगद ५५ हजार सहयोग



पोखरा । तमुधीं युकेले सहारा क्लबलाई ५५ हजार नगद सहयोग गरेको छ । सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा बिहीबार आयोजित कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष विनु राना मगरलाई उक्त सहयोग हस्तान्तरण गरे ।

सहयोगसँगै संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङका छोरा बेन्जेमेनले एकेडेमीमा रहेका बालकको खाजा तथा खानालाई २० हजार हस्तान्तरण गरे । विस २०६३ मा पोखरा–१७ दोविल्लास्थित २६ रोपनी क्षेत्रफल जग्गा खरिद गरी सुरु गरिएको एकेडेमीको पूर्वाधार क्लबले तयार बनाइसकेको छ । अहिले एकेडेमीमा १५ बालक अध्ययनरत छन् ।

कार्यक्रममा तमुधीं युकेका अध्यक्ष हरि गुरुङले क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप प्रतियोगितालाई एउटा क्यालेन्डरमा नै समावेश गरेर सञ्चालन गर्न सुझाव दिए ।

तमुधीं युकेका संस्थापक सदस्य तथा सहारा युकेका कार्यसमिति सदस्य मञ्जु गुरुङ राईले क्लबले सञ्चालन गरेको एकेडेमीको सफलताको कामना गर्दै खेलकुदमा अनुशासन महत्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले