दिनेश प्रजापतिलाई सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२ /२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिएजिए म्याच प्लेको उपाधि दिनेश प्रजापतिले जितेका छन् । रोयल नेपाल गल्फ कल्बमा भएको ३६ होलको फाइनलमा रमेश अधिकारीलाई ७ / ६ ले पराजीत गर्दै दिनेशले उपाधि जित्न सफल भएका हुन् ।

उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गर्दा दोस्रो भएका रमेशले ४२ हजारमा चित्त बुझाए । वरीयताको सातौँ स्थानमा रहेका दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाएका थिए ।

१८ होलको समाप्तिमा दिनेशले आठ होलको फराकिलो अग्रता बनाए । त्यसपछि रमेशले १९ औं, २० औं, २१ औं र २२ औं होल लगातार जित्दै दिनेशको अग्रतालाई चार होलमा घटाए ।

दिनेशले २३ औं होल जित्दा रमेशले २४ औं र २५ औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाई तीन होलमा झारे । तर २६ औं र २७ औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बना ए। यसपछि दिनेशले २९ औं र ३० औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले