क्यान र सेभेन थ्रीबीचको सम्झौता रद्द गर्न समितिको सुझाव



काठमाडौं । नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनकाबारेमा छानबिन गर्न गठित समितिले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।

एकेन्द्र कुँवरको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले बुधबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो । समितिले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस र क्यानबीचको सम्झौता रद्द गर्न सुझाव दिएको छ ।

लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता, सञ्चालन लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२)मा भएको व्यवस्थाको पालना नभएको र सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।

साथै प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी प्रतियोगिता आयोजना सम्बन्धमा भएको सम्झौता तत्काल खारेज गर्न पनि निर्देश गरेको छ ।

नेपाल टी २० लिगमा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)बाट भइरहेको अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा दोषीमाथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्याउने निर्णय कार्यदलले गरेको छ ।

सिआइबीले खेल मिलेमतोमा संग्लग्न रहेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउण्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले