प्रदेशस्तरीय भलिबलको उपाधि चितवनलाई


मन्थली । रामेछापको मन्थलीमा सम्पन्न बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले रामेछापलाई पहिलो र दोस्रो र तेस्रो सेटमा क्रमशः २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो ।

प्रयोगितामा पहिलो हुने चितवन नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।

दोस्रो भएको रामेछापले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको सिन्धुपाल्चोकले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै चौथो स्थानको धादिङले ३० हजार नगदप्राप्त गरेको छ ।