‘राइट टु प्रोटिन’ रन हाफ म्याराथनको उपाधि दीपक र फूलमतीलाई



काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लवका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको राइट टु प्रोटिन रन हाफ म्याराथनमा पुरुषतर्फ दीपकले निर्धारित दूरी १ घण्टा ५ मिनेट ८ सेकेण्डमा पूरा गर्दा महिलातर्फ फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

दुवै खेलाडीले एक–एक लाख रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेण्डले पछि पार्दै दोस्रो स्थान हाँसिल गरे ।

राजनले १ घण्टा ५ मिनेट १४ सेकेण्डमा पूरा गरेका थिए । नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने । चौथो बनेका तीर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गर्दा आर्मीका शुसील कुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेण्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे ।

यस्तै महिलातर्फ दोस्रो भएकी नेपाल पुलिस क्लवकी राममाया बुढा फुलमती भन्दा पाँच सेकेण्डले पछि परिन् । राममायाले निर्धारित दूरी १ घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरेकी हुन् । यस्तै तेस्रो भएकी त्रिभुवन आर्मी क्लवकी पूर्णलक्ष्मी न्यौपानेले निर्धारित दूरी १ घण्टा २३ मिनेट १० सेकेण्डमा पूरा गरिन् ।

आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेण्डमा पूरा गर्दै चौथो बन्दा पुलिसकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेण्डमा पूरा गर्दै पाँचौं बनिन् ।

यस्तै १० किमी पुरुष दौडमा सबै पाँचै स्थानमा आर्मीका धावकको वर्चश्व रह्यो । मुकेश पालले निर्धारित दूरी ३० मिनेट ५६।०१ सकेण्डमा पूरा गर्दै पहिलो बन्दा, गजेन्द्र राईले ३१ मिनेट ०।२९ सकेण्डमा पूरा गर्दै दोस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले