खेलकुद मन्त्रालयद्वारा शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ ।

त्यसका लागि मन्त्रालयले राष्ट्रियस्तरका खोलाडीको शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ । विज्ञ जनशक्ति भएको सरकारी निकायसँगको सहकार्यमा यस कार्यलाई फत्ते गर्ने कार्यक्रमको ढाँचा तय गरिएको मन्त्रालयले जनाएको छ ।

खेलकुद शारीरिक क्रियाकलापमा आधारित एक मनोरञ्जन, प्रतिस्पर्धा र कलात्मक विधा हो । मन्त्रालयले खेलकुदमा सीप र रणनीति मात्र नभई त्यसलाई प्रयोग गर्न सक्ने तन्दुरुस्तीको स्तर पत्ता लगाई सोको प्रवद्र्धन गर्ने नीति ल्याएको हो ।

खेल कौशल वृद्धि गर्ने हेतुले मन्त्रालयको चालु आर्थिक वर्ष २०७९/८० वार्षिक कार्यक्रममा राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण अनुसन्धान कार्यक्रम राखिएको छ ।

मन्त्रालयले त्यससम्बन्धी अनुसन्धान गर्न मन्त्रालयको खेलकुद महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्यशर्त निर्माण तथा सिफारिस समिति गठन पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले