मानुङ–पुलिमराङ म्याराथनको तयारी पूरा



तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको अल्ट्रा म्याराथन यस वर्ष पनि आयोजना गर्ने भएको छ । माघ १६ गते सहिद दिवसको अवसर पारेर नगरपालिकाले व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म अल्ट्रा म्याराथन गर्न लागेको हो ।

विगतका वर्षहरुमा देशभरका धावकको सहभागिता रहने प्रतियोगितामा यस वर्ष भने स्थानीय धावकको मात्र सहभागिता रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

खर्चलाई मितव्ययी बनाउन यसपटक स्थानीय धावकको सहभागितामा मात्र प्रतियोगिता आयोजना गर्ने निर्णय भएको उनले बताए ।

नगरपालिकाले विगतका वर्षमा भन्दा यस वर्ष प्रतियोगिताको पुरस्कार राशि घटाउने भएको छ । त्यसका लागि केही दिनमा पुरस्कारको राशि निर्धारण गरिने गुरुङले बताए ।

“मितव्ययी तरिकाले प्रतियोगिता सम्पन्न गर्न यो निर्णय गरेका हौ, समिति बनाएर पुरस्कारको राशी निर्धारण हुन्छ,” उनले भने ।

गत वर्ष आयोजित प्रतियोगिताको उपाधि नेपाली सेनाका बेदबहादुर सुनुवारले जित्नुभएको थियो । गत वर्ष आयोजित प्रतियोगिताको पहिलो पुरस्कार राशि ८७ हजार ७८ रुपैयाँ थियो ।

नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको छ । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर प्रचारप्रसार गर्ने उद्देश्य राखिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

“पर्यटकीय गाउँ मानुङ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित म्याराथनले त्यस ठाउँको प्रबद्र्धन भएको विश्वास गरेका छौ”, न्यौपानेले भने ।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले