माघ ७ गते ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन हुँदै



काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गर्ने दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी पूरा भएको छ ।

आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि तयारी पूरा भएको जानकारी दिएको हो । राइट टु प्रोटिनको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना जगाउने उद्देश्यका साथ माघ ७ गते हाफ म्याराथन आयोजना गर्न लागिएको हो ।

दशरथ रंगशालाबाट सुरु हुने हाफ म्याराथनसहितका विभिन्न विधामा झण्डै पाँच हजारको सहभागिता रहने एसोसिएसनले जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष सितलकाजी श्रेष्ठले ३३ सय भन्दाबढी खेलाडीले नाम दर्ता गराइसकेका जानकारी दिएका छन् । यस म्याराथनमा सबैभन्दा कम ६ वर्ष र सर्वाधिक धेरै ७२ वर्षका खेलाडीको सहभागिता रहनेछ ।

गत वर्ष पहिलो संस्करण रन फर प्रोटिन हाफ म्याराथन भएको थियो । गत वर्षको हाफ म्याराथन महिलातर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले