कैलपाल क्रिकेट क्लबलाई इन्डो–नेपाल क्रिकेटको उपाधि



बैतडी । बैतडीमा सम्पन्न प्रथम इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लब, जर्गले हात पारेको छ ।

बिहीबार भएको फाइनल खेलमा आयोजक पञ्चकोटी क्रिकेट क्लब ए, खडेनीलाई ७ विकेटले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । चौरानब्बे रनको सामान्य लक्ष्य कैलपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे ।

कैलपालका लागि तेज चन्दले अविजित ३१, प्रकाश पाण्डेले २१, प्रदीप चन्दले अविजित १४ रन बनाए । पञ्चकोटीका भूपेन्द्र चन्द र जीतेन्द्र रावलले एक/एक विकेट हात पारे ।

त्यसअघि बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक पञ्चकोटी क्रिकेट क्लब ए १६.१ ओभरमा ९३ रनमा समेटियो । दिनेश बुडालले अविजित २६ र सुमित बुडालले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कैलपालका लागि प्रकाश चन्द, प्रदीप चन्द, आकाश चन्द र दीपक जोशीले २/२ विकेट लिए ।
उपाधिसँगै कैलपालले ४० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पायो भने पञ्चकोटीले २० हजार, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।

म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भए । म्यान अफ द सिरिज आयोजक पञ्चकोटीका राम चन्द, बेस्ट बलर निङ्लाशैनी क्रिकेट क्लबका ऋषिकेश बोहरा, बेस्ट ब्याट्सम्यान निङ्लाशैनी क्रिकेट क्लबकै सुरेश भाट, बेस्ट किपर पञ्चकोटीका दीपेश चन्द, बेस्ट फिल्डर पञ्चकोटी बीका सुरज सिंह बुडाल, उदयीमान खेलाडी रातामाटा विद्यालयका गणेशसिंह बुडाल भए ।

म्यान अफ द सिरिजलाई नगद तीन हजार, बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय, बेस्ट बलरलाई नगद एक हजार पाँच, बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई सात सय ७७ नगद पुरस्कार दिइयो ।

विजेता र उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे ।

पञ्चकोटी युवा क्लब, खडेनीको आयोजनामा पुस २७ गतेदखि सुरू भएको प्रतियोगितामा नेपाल र भारतका गरी १५ टोलीे सहभागी रहेका थिए ।

सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले