सुपर कपको उपाधि बार्सिलोनालाई



स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा रियल मड्रिडमाथि ३–१ को सहज जित हात बार्दै बार्सिलोनाले उपाधि उचालेको हो । साउदीको रियादस्थित किङ फाद स्टेडियममा भएको खेलमा जाभीको टोली सुरुबाटै रियलमाथि हाबी भएको थियो ।

खेलको पहिलो हाफमा २ गोल गरेको बार्साले दोस्रो हाफमा एक गोल थप्यो । लेवान्डोस्कीको पासमा १८ वर्षीय गाभीले ३३ औं मिनेटमा बार्सालाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा गाभीकै पासमा लेवान्डोस्कीले अग्रता दोब्बर पारेका थिए। ६९ मिनेटमा गाभीकै क्रसमा पेड्रीले जालि चुमाउँदा रियल मड्रिड निरिह बन्यो।

खेलको अन्तिम मिनेटमा बार्साले क्लियर गर्न नसकेको बललाई बेन्जिमाले जाली चुमाए पनि रियल खेलमा फर्किन सक्ने अवस्था रहेन । बार्सिलोनाले कीर्तिमानी १४ औं पटक सुपर कोपा जित्दा १८ वर्षीय गाभी म्यान अफ द म्याच चुनिए।

यसअघि रियल बेटिसलाई हराउँदै बार्सिलोना र भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड सुपरकोपको फाइनलमा पुगेका थिए । स्पेनिस सुपरकपमा कोपा डेल रे र ला लिगाको विजेता र उपविजेता गरी चार टोली सहभागी हुन्छन्। गत सिजनको मध्यान्तरमा बार्साले लिजेन्ट जाभीलाई प्रशिक्षकमा भित्राएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले