प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीकाे विजयी सुरुवात



काठमाडौं । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । इटहरीमा जारी प्रतियोगितामा समूह बीमा रहेको लुम्बिनीले कर्णाली प्रदेशमाथि ९८ रनको फराकिलो जित दर्ता गरेको हो ।

लुम्बिनीले दिएको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा सवै विकेट गुमाएर ४९ रनमा रोकिन पुग्यो ।कर्णालीलाई रोक्ने क्रममा लुम्बिनीका मधु डिसी र कृतिका मरासिनीले ३–३ विकेट लिँदा सुस्मिता भुसालले दुई विकेट हात पारिन् ।

कर्णालीका यमुना थारुले सर्वाधिक १३ रन बनाउँदा किरण कुँवरले १० रनको योगदान गरिन् । स्वेता सुवेदी र कप्तान विना थापाले ४–४ रन बनाउँदा एन्जिाला थापा,दिक्षा पुरी, अन्जु गुरुङ, विमला वुढाथोकी, रमा बुढाथोकी र तृष्णा विश्वकर्माले खाता पनि खोल्न सकेनन् ।

पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४७ रनको फराकिलो योगफल तयार पारेको थियो । लुम्बिनीका लागि सरस्वती पुनले ३० रनको नटआउट पारि खेलिन् । यसैगरी लक्ष्मी चौधरीले ३३ रन बनाउँदा आस्मा पुलामी मगरले १४ रन जोडिन् ।

रन्जु श्रेष्ठले १० रन बनाउँदा सरस्वती जिएमले ४ रनको योगदान गरिन् । यस्तै जिज्ञाषा थापाले ७ रनको नटआउट पारि खेल्दा सुस्मिता बजगाईं खाता नखोली पभेलियन फर्किएकी थिइन् । कर्णालीका लागि यमुना थारु र दिक्ष पुरीले दुई दुई विकेट लिँदा रमा वुढाथोकीले एक विकेट लिइन् । जितसँगै समूह बीमा लुम्बिनी प्रदेश शीर्ष स्थानमा छ ।

शनिबारै भएको पहिलो खेलमा विभागीय क्लब एपीएफले विजयी सुरुवात गरेको थियो । एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको सामान्य ५२ रनको लक्ष्य ८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो ।

एपीएफको जीतमा कप्तान सिता रानामगरले १९ रनको नटआउट पारि खेल्दा ज्योति पाण्डे ८ रनमा पभेलियन फर्किइन् । यसैगरी रोमा थापा १४ रनमा नटआउट रहँदै खेल जिताइन् । एपीएफका इन्दू बर्मा र सरिता मगरले भने खाता खोल्न सकेनन् ।

गण्डकी प्रदेशकी सृष्टि जैशीले सवै ३ विकेट लिइन् । पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो । कप्तान सृष्टि जैशीले सर्वाधिक १४ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोडेनन् ।

सुजाता थापा र कुशुम गोदारले ७–७ रन बनाए । एपीएफकी सुमन विष्टले ३ विकेट लिँदा नेरी थापा, शुष्मा श्रेष्ठ, सिता रानामगर र राजमति ऐरीले एक एक विकेट लिए । जितसँगै एपीएफल समूह ए को शीर्ष स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले