भलिबलमा त्रिभुवन आर्मी सेमिफाइनलमा



काठमाडौं । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा पहिलो सेट आर्मीले २५–२० ले जितेको थियो ।

तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५–१९ र २५–१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौ सेटमा क्रमशः २५–२२ र १५–५ को जित निकाल्दै आर्मी समूह विजेता बन्यो भने एफिएफ उपविजेता बन्यो । अब सेमिफाइनलमा आर्मीले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछ ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै सेमिफाइनल खेल भोलि हुनेछन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछ भने उपविजेताले दुई लाख तेस्रो हुने टोलीले एक लाख पाउने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले