नेपाल टि-२० लिगको उपाधि लुम्बिनीलाई



काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टि २० लिगको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै पहिलो संस्करणको उपाधि जितको छ । जितसंगै लुम्बिनीले नगद ५५ लाख पुरस्कार पाएको छ । उपविजेता बनेको विराटनगरले भने ३० लाखमा चित्त बुझाएको छ ।

जितका लागि पाएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०९ रन मात्रै बनायो । उसका लागि अर्जुन साउदले ३४, पृथु बास्कोटाले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा उपविजेतामै चित्त बुझायो लुम्बिनीका हर्मित सिंह र सागर ढकालले दुई दुई विकेट हात पारे ।

त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९ दशमलव २ ओभरमा १३३ रनमा अलआउट भयो । जसमा लागि मिलन्थाले ४१, हरर्मीत सिंहले ३० रनको योगदान गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले