विराटनगर टि–ट्वान्टी क्रिकेटको फाइनलमा



काठमाडौं । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २८ रन मात्र बनाउन सक्यो ।

जनकपुरको लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रनको योगदान दिए भने कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाए । तेस्तै खडक बोहोराले १४ रन बनाए ।

विराटनगरका राज नानन र कियोन जोसेफले समान तीन तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । तेस्तै सूर्य तामाङले १ विकेट लिए ।

त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्माले ४२ रन जोडे भने अर्जुन साउदले ३५ रन बनाए । तेस्तै राज नाननले ३३ तथा हुसेन तलतले ३१ रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १/१ विकेट लिए ।

भोलि हुने फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले