नेपाल टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी अल स्टार फाइनलमा



काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो । यस क्रममा जनकपुरले सात विकेट गुमाएको थियो ।

लुम्बिीनीका लागि ब्याटिङ गर्ने क्रममा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । यस्तै अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले १७ , लाहिरु मिलान्थाले १६ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १० रन बनाए । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कार्मीले दुई÷दुई तथा पवन सर्राफ र ट्राभोन ग्रिफिथले एक÷एक विकेट लिए ।

यसैगरी एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि समिउल्लाह शिनवरीले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै पवन शर्राफले अविजित ३०, शारफुद्धिन असरफले २४, राजेश पुलामीले १३ र ट्राभोन ग्रिफिथले १० रन बनाए । बलिङतर्फ लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई/दुई तथा श्याड्ली भानले एक विकेट लिए । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पुरस्कार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी पुरुष यु–१६ इस्ट जोन कपः नेपालद्वारा जापान ९ विकेटले पराजित

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको

एसीसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेटः जापानले नेपाललाई दियो ८१ रनको लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले

एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा बलिङ गर्दै नेपाल

काठमाडौँ ।मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा

गण्डकी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु

दमौली, (तनहुँ)। गण्डकी प्रदेश कबड्डी सङ्घको आयोजना, प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग र